आमन्त्रण गल्फ प्रतियोगिता पोखरामा हुने

कोरोना भाइरस महामारीमा परेको पर्यटन क्षेत्र उकास्न सघाउने गरि ‘आमन्त्रण गल्फ प्रतियोगिता’को चौथो संस्करण पोखरामा हुने भएको छ ।

सम्बन्धित सामग्री

निजी क्षेत्रको सहभागितामा उद्यमशीलतालाई प्रोत्साहन गरिन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रको सहभागितामा उद्यमशीलतालाई एकसाथ प्रोत्साहन गरिने बताउनुभएको छ । बाह्रखरी मिडियाद्वारा शनिबार पोखरामा आयोजित ‘आमन्त्रण गल्फ प्रतियोगिता’ का विजयीहरूलाई पुरस्कार प्रदान गर्दै प्रधानमन्त्री दाहालले हजारौँ नयाँ ‘स्टार्टअप’ र उद्यमशीलता कार्यक्रमसुरु गरिने बताउनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । “आत्मनिर्भरताको व्यवस्थित प्रयास हुनेछ,” प्रधानमन्त्रीले भन्नुभयो, “सुस्त कर्जा प्रवाह, मध्यमवर्गीय उपभोगमा आएको …

सुर्य नेपाल वेस्टर्न अ‍ोपन हिमालयन गल्फ प्रतियोगिता पोखरामा हुने

सूर्य नेपाल गल्फ टुर २०२१-२२ अन्तर्गत सिजनको पाँचौं इभेन्ट सुर्य नेपाल वेस्टर्न अ‍ोपन हिमालयन गल्फ कोर्स, पोखरामा आयोजना हुने भएको छ।  प्रोफेसनल गल्फर्स संघ नेपालको आयोजना र सुर्य नेपाल प्रालिको प्रायोजनमा हुने प्रतियोगिता ३० मार्चदेखि १ अप्रिलसम्म हुनेछ ।संघका अनुसार ५४ होलको प्रतियोगितामा ३० व्यावसायिक र १५ एमेच्योर खेलाडीको सहभागिता रहनेछ । इभेन्टको अन्तिम दिन २ अप्रिल शनिबारप्रोएम इभेन्ट हुनेछ । नेपालभरका व्यावसायिक गल्फरले माछापुच्छ्रे शिखरको काखमा मनमोहक दृश्यसहितको गल्फ कोर्समा प्रतिस्पर्धा गर्ने छन् ।प्रतियोगिताको कुल पुरस्कार रकम ७ लाख ७५ हजार रुपैयाँ रहेको छ । विजेताले १ लाख ३५ हजार, उपविजेताले ८८ हजार तथा तेस्रोस्थान हासिल गर्नेले ६५ हजार प्राप्त गर्नेछन् । शीर्ष २१ व्यावसायिक खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् ।भुवन नगरकोटी, संजय लामा, धनबहादुर थापा र रामे मगर प्रतियोगिताका दावेदार हुन् । एमेच्योरतर्फ १३ अ‍ौं सागका दोहोरो स्वर्णविजेता सुभाष तामाङ र अजित विक उच्च लयमा छन् । हिमालयन गल्फ कोर्स प्रतियोगिता आयोजनाका लागि तयार अवस्थामा छ । पार ६९ को कोर्स १६ होलको रहेको छ र सुरुवाती २ होल दोहोरिने प्रावधान छ । यस कोर्सलाई विश्व प्रसिद्ध गल्फ डाइजेस्ट म्यागजिनले विश्वकै साहसिक कोर्समा समावेश गरेको छ ।

सूर्य नेपाल वेष्टर्न ओपन बुधबारदेखि पोखरामा

१५ चैत, काठमाडौं। नेपाल प्रोफेसननल गल्फर्स एसोसिएसनको आयोजनामा सूर्य नेपाल गल्फ टुर अन्तर्गतको सूर्य नेपाल वेष्टर्न ओपन गल्फ प्रतियोगिता बुधबारबाट पोखरामा सुरु हुने भएको छ । एसोसिएसनले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बुधबार देखि हुने र तयारी पूरा भएको जनाएको छ । चैत १६ देखि १८ सम्म हुने प्रतियाेगिता हिमालयन गल्फ कोर्स पोखरामा हुनेछ […]

चैत २५ देखि सुर्य नेपाल वेष्टर्न ओपन गल्फ

कोरोनाको कहरसँगै ढिलै भएपनि पोखरामा सुर्य नेपाल वेष्टर्न ओपन गल्फ प्रतियोगिता हुदैंछ । सुर्य नेपालको मुख्य प्रायोजनमा यही चैत २५ गतेदेखि २८ गतेसम्म सुर्य नेपाल वेष्टर्न ओपन गल्फ प्रतियोगिता हुने छ ।

‘आमन्त्रण गल्फ प्रतियोगिता’ पोखरामा हुने

चौथो संस्करणको ‘आमन्त्रण गल्फ प्रतियोगिता’ यस वर्ष पोखरामा हुने भएको छ ।

एनसेल बाह्रखरी गल्फ पोखरामा हुने

पर्यटन क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यअनुरुप नियमित सञ्चालन हुँदै आएको ‘आमन्त्रण गल्फ प्रतियोगिता’ को चौथो संस्करण यस वर्ष पोखरामा हुने भएको छ।