कोरोना महामारी नियन्त्रणको लागि लगाइएको लकडाउनको उल्लङ्घन गरेर भोजभतेर गरेका बेलायती प्रधानमन्त्री बोरिस जोनसनले माफी माग्नुभएको छ ।
प्रधानमन्त्री जोनसनले संसदमा सम्बोधन गर्दै आफूबाट गलत काम भएको भन्दै माफी माग्नुभएको बीबीसीले जनाएको छ । लकडाउनका बेला प्रधानमन्त्रीले सरकारी निवास टेन डाउनिङ स्ट्रिटमा मान्छेहरु भेला गरेर भोजभतेर गरेपछि चर्को आलोचना भइरहेको छ ।
प्रधानमन्त्री जोनसनले छानबिन रिपोर्टमा उल्लेख भएका कुरा स्वीकार गरेको र संवेदनशीलतालाई आफूले बुझेको भए राम्रो हुने बताएको खबरमा उल्लेख छ ।
संसदमा जोनसनले भन्...