पर्वत – नेपाली सेना केवलजंग गुल्मको सहयोगमा पर्वतको मोदी गाउँपालिका-५ बाजुङको ओखलढुंगा बस्तीमा खानेपानी आयोजना सञ्चालनमा आएको छ । सेनाको १० लाख र मोदी गाउँपालिकाकाे २ लाख गरी १२ लाख रुपैयाँको लागत तथा १ लाख रुपैयाँ बराबरको जनश्रमदानमा उक्त योजना सम्पन्न भएको हो ।
स्वच्छ खानेपानीको समस्या झेल्दै आएका ओखलढुंगा बासीहरुका लागि करिब २ महिनाको अन्तरालमा खानेपानी योजना निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको हो । विगतका समयमा खानेपानी पर्याप्त नहुँदा समस्यामा परेका ओखलढुंगाका २२ घरपरिवारका लागि अहिले घरघरमा खानेप...