स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका माओवादी केन्द्रका मन्त्री गिरिराजमणि पोखरेलले मंगलबार मन्त्रालय गुमाए। प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरेलको मन्त्रालय खोसेर राप्रपाबाट मन्त्री बनेका दिपक बोहोरालाई जिम्मा दिए। पोखरेल मंगलबारबाट बिना विभागीय मन्त्री बनेका छन्। उनी मन्त्री त छन् तर कुनै जिम्मेवारी छैन। पोखरेलजस्तै माओवादी केन्द्रबाट हाल सरकारमा सामेल ९ मन्त्री र ८ राज्यमन्त्री मन्त्रालयविहीन छन्। उनीहरूले सरकारी…