राष्ट्रिय सभाले ‘लोकसेवा आयोग विधेयक २०७५’ बहुमतले पारित गरेको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदको अवरोधबीच विधेयक पारित गरिएको हो ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘लोकसेवा आयोग विधेयक २०७५ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
सार्वजनिक सेवालाई सक्षम, गुणस्तरीय र पारदर्शी बनाउने उद्देश्यले नयाँ ऐन ल्याइएको हो । ऐन प्रमाणीकरण भएको ३...