बुटवल उपमहानगरपालिकाले स्थानीय पाठ्यक्रमका अतिरिक्त विद्यालय तहदेखि नै ललितकला विषयका समेत कक्षा सञ्चालनको तयारी गरेको छ । यसका लागि विज्ञहरू सम्मिलित कार्यदल गठन गरेर आवश्यक अध्ययन र व्यवस्थापनको काम भइरहेको छ ।
विद्यालयको आधारभूत तहदेखि नै ललितकलाको व्यवस्थित अध्ययन अध्यापन गराउने कार्य कतै भएको छैन । केही संस्थागत विद्यालयहरूले चित्रकला, वाद्यवादन, नृत्य जस्ता विषयमा आंशिक तथा पूर्णकालीन कक्षाहरू सञ्चालन गरे पनि ती सबै विषयगत रुपमा नरहेको विज्ञहरूको भनाइ छ ।
बुटवल उपमहानगरपालिकाभित्र सञ्चालित विद्यालयहरूमा ललि...