८८ वर्षीय भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंह कोरोना संक्रमण मुक्त

भारतका पूर्व प्रधानमन्त्री डाक्टर मनमोहन सिंह कोरोना संक्रमण भएका छन् । ८८ वर्षीय सिंह गत १९ अप्रिलका दिन कोरोना संक्रमित देखिए पछि उपचारार्थ नयाँ दिल्लीको एम्स अस्पतालमा भर्ना भएका थिए ।२९ अप्रिल अर्थात् १० दिनको उपचारपछि संक्रमण मुक्त भएपछि उनी 'डिस्चार्ज' भई घर फर्केका छन् । कोरोना संक्रमणको दोस्रो लहरमा भारतभरीबाट नकारात्मक समाचार आइरहेका बेला ८८ वर्षीय वृद्ध पूर्व प्रधानमन्त्री मनमोहन सिंहको स्वास्थ्य लाभको समाचारले सकारात्मक सन्देश दिएको छ ।सिंहले गत ४ मार्चका दिन भारत निर्मित कोवै

सम्बन्धित सामग्री

भारतको हिमाञ्चलका पूर्वमुख्यमन्त्री वीरभद्र सिंहको कोरोनाबाट मृत्यु

एजेन्सी।भारतको हिमाञ्चल प्रदेशमा ६ पटक मुख्यमन्त्री र केन्द्रीय मन्त्री भएका वीरभद्र सिंहको कोरोना संक्रमणका कारण ८७ वर्षको उमेरमा मृत्यु भएको छ।दोस्रोपटक कोरोना संक्रमण देखिएपछि उनी सिमलाको आईजीएमसीमा उपचाररत थिए।करिब साढे २ महिनादेखि उपचाररत कांग्रेस वरिष्ठ नेता सिंहको स्वास्थ्यमा अचानक खराबी आएपछि सोमबार भेन्टिलेटरमा राखिएको थियो।उनी इन्दिरा गान्धी नेतृत्वको सरकारमा राज्यमन्त्री र मनमोहन सिंह नेतृत्वको सरकारमा क्याबिनेट मन्त्री बनेका थिए।

दोस्रो डोज कोरोना खोप लगाएपछि भारतका पूर्वप्रम सिंहलाई संक्रमण

कोरोना विरुद्ध दोस्रो डोज खोप लगाएलगत्तै भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंह संक्रमित भएको थाहा लागेको छ।उनलाई उपचार निम्ति यतिखेर दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) को अस्पतालमा भर्ना गरिएको छ। पूर्व प्रधानमन्त्री सिंहलाई ३ मार्चमा स्वदेशी कोभ्याक्सिनको पहिलो खोप र  र ४ अप्रिलमा बुस्टर डोज दिइएको थियो।८८ वर्षीय सिंहलाई खोप लगाएको दुई सातापछि नै कोरोना संक्रमण भएको हो।सिंहले प्रधानमन्त्री नरेन्द्र मोदीलाई आइतबार कोरोनासँग सुरक्षित र