काठमाण्डाै - दक्षिण अफ्रिकामा रङ्गभेद अन्त्य गर्न प्रमुख भूमिका निर्वाह गरेका डेसमण्ड टुटुको निधन भएको छ ।
नोबल शान्ति पुरस्कार विजेता उहाँको ९० वर्षको उमेरमा हिजो निधन भएको दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले पुष्टि गर्नु भएको छ । राष्ट्रपति रामाफोसाले उहाँको निधनलाई ‘उत्कृष्ट दक्षिण अफ्रिकीहरूको एक पुस्ताको बिदाइको एक अध्याय’ भएको बताउनु भएको छ ।
उहाँ, रङ्गभेद विरोधी आन्दोलनका नायक एवम् दक्षिण अफ्रिकाका पहिलो अश्वेत राष्ट्रपति नेल्सन मण्डेलाका समकालीन हुनुहुन्थ्यो । टुटु, सन् १९४८ देखि सन् १९९...