सरसफाइमा ध्यान नदिने र धेरै जनासँग यौन सम्पर्कमा रहने महिलामा पनि तल्लो पेट दुखाइको समस्या देखिन्छ। केही महिलामा महिनावारी हुनुअघि डेढ दुई हप्ता अगाडि नै तल्लो पेट दुख्ने समस्या पनि हुन्छ। यस किसिमको समस्या छ भने पनि एक पटक चिकित्सकलाई देखाउनुपर्छ।
प्रायजसो २८ दिनको अन्तरमा महिनावारी हुन्छ । यद्यपि २१ देखि ३५ दिनभित्र नियमित रुपमा महिनावारी हुनु सामान्य मानिन्छ । तर कहिलेकाहीं छोटो अवधिमै महिनावारी दोहोरिन सक्छ । जस्तो, महिनावारी भएको १० दिन नबित्दै अर्को महिनावारी सुरु हुन्छ । यसले उनीहरुलाई झन्झटिलो मात्र बनाउँदैन, आशंका पनि पैदा गरिदिन्छ– ‘किन यति छिटोछिटो महिनावारी भइरहेको छ ?’ यसरी […]
लैङ्गिक हिंसा र बालबिबाह अन्त्यको लागि मर्यादित महिनावारी भन्ने मूल नाराकासाथ पाँचौं मर्यादित महिनावारी दिवस नेपालमा पनि मनाइने भएको छ। दक्षिण गोर्लादिय मर्यादित महिनावारी सञ्जाल, राधा पौडेल फाउण्डेसनले प्लान इन्टरनेशनल नेपालको सहकार्यमा डिसेम्बर ८ मा विशेष कार्यक्रमसहित यो दिवस मनाउँदैछ।
सामान्यतया किशोरी अवस्थामा प्रवेश गरेपछि महिनावारी सुरु हुन्छ । प्रायः महिनावारी चक्र २८ दिनको फरकमा हुन्छ । कहिलेकाहीँ एक हप्ता पर पनि जान सक्छ । तर, कहिलेकाहीँ स्वास्थ्य समस्या तथा हर्मोनमा आउने परिवर्तनले...
सामान्यतया किशोरी अवस्थामा प्रवेश गरेपछि महिलाहरूमा महिनावारी चक्र सुरु हुन्छ । महिनावारी एक प्राकृतिक प्रक्रिया हो । हरेक महिलामा महिनावारी हुने समयावधि फरक हुन्छ । जस्तै, एउटा महिलाको महिनावारी २८ दिनमा भयो भने...
महिनावारी बेला प्रयोग गर्ने यस्तै वैकल्पिक साधन हो मेन्स्ट्रुअल कप अर्थात् महिनावारी कप। यो सिलिकनले बनेको सानो कप हो जसलाई योनीभित्र छिराएर प्रयोग गरिन्छ।
महिनावारी सामग्रीमा १३ प्रतिशत कर र १५ प्रतिशत भन्सार कर सरकारले लगाइराख्दा महिनावारी हुने धेरै महिलाहरु मर्यादित महिनावारी र सुरक्षित प्रजनन स्वास्थ्यको मौलिक हकबाट वञ्चित भई ज्यान गुमाउन बाध्य छन्। यसको जिम्मेवार को?
महिनावारी महिलाहरुमा हुने प्राकृतिक प्रकिया हो । यो सबै महिलाहरुमा हुने गर्दछ । साधारणतया महिनावारी १२ देखि १५ वर्षको उमेरमा हुने गर्दछ । अझ कसै कसैमा त आठ बर्ष देखि नै महिनावारीको लक्षण देखा पर्दछ ।