काठमाडौँ : राप्रपा नेपालका अध्यक्ष कमल थापा विभाजनको डेढ वर्षमा राजसंस्थाको पक्षमा उभिएका छन्। ०७८ माघमा अध्यक्षमा पराजित भएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी फुटाएर राजसंस्था त्यागेका उनी पूर्वत् अवस्थामा फर्किने मनस्थितिमा पुगेका छन्। कमजोर संगठनका कारण चरम निराशामा पुगेका थापाले पार्टी नै धरापमा पुगेपछि ‘सेफल्याण्डिङ’ खोजेका हुन्। राजेन्द्र लिङ्देनलाई अध्यक्ष मान्न नसकेर पार्टी विभाजन गरेका उनी अहिले उनै लिङ्देनलाई नेता मानेर जान तयार छन्। विगतका गल्तीलाई प्रायश