सिन्धुपाल्चोक पुनर्निर्माणमा दैनिक डेढ लाख जनशक्ति
भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकको पुनर्निर्माण दिनप्रतिदिन तीव्र बनिरहेको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दोस्रो किस्ता अनुदान लिने समयसीमा थपेपछि पुनर्निर्माण द्रुतरुपमा अघि बढेको छ।
मंसिर २९, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१४ डडुवाकी मिना नेपालको बारीमा लटरम्म गोलभेंडा पाकेका छन् ।
‘पैसा त आफ्नै गाउँमा फल्न थाल्यो, म दुई वर्ष अघिसम्म विदेश जाने चक्करमा थिएँ’, गोलभेडा टिप्दै गरेकी नेपालले भनिन् ‘अहिले तरकारी खेतीमै व्यस्त हुने गरेको छु ।’ दुई चार पैसाका निम्ति निकै कष्ट भोगेकी नेपाललाई अहिले तरकारी व्यवसाय पैसा फल्ने बोटजस्तै लागेको छ । गोलभेडा बेचेर यो वर्ष ७ लाख घर भित्रिने अनुमान छ । अहिले उनले ४ रोपनी बारीमा गोलभेडा रोपेकी छिन् ।
‘श्रीमान शिक्षक, बालबच्चा विद्यालय जान्छन्, सासु ससुरा काम गर्न सक्नुहुन्न । रेखदेख मेरै हो,’ उनले भनिन् ‘विदाको समयमा सहयोग श्रीमानले पनि सहयोग गर्नुहुन्छ । अरुबेला आफैं खटिन्छु ।’ खेताला, बीउविजन, औषधी गर्दा डेढ लाख जति लगानी परेको उनी बताउँछिन् ।
नेपाल मात्रै होईन डडुवाका अधिकांश कृषकले सिजन अनुसारको तरकारी बाली लगाउने गरेका छन् । ठूलो क्षेत्रफलमा गोलभेंडा लगाउँदै आएका सोहि ठाउँका उद्धव नेपालको परिवारले २५ लाखको गोलभेंडा कात्तिक यताबाट मात्र बेचिसकेको छ । ‘विक्री नहुने सम्भावना नै छैन’, उनले भने ‘बारीमै गोलभेंडा उठाउन आउँछन् ।’
उनीहरुले अहिले गोलभेंडा र काउलीलगायत सिजनअनुसार विभिन्न प्रकारका नगदे र कोसेबाली उत्पादन गर्दै आएका छन् । तरकारी विक्री गरी कमाएको पैसाले दैनिक घरखर्च चलाउन, चाडपर्व मनाउन र बालबच्चाको पढाई खर्च त मज्जाले टरेकै छ । खर्च कटाएर बचेको पैसा बचत गर्न थालेका छन् ।
चौतारा साँगाचोकगढी नगरपालिकाले यो क्षेत्रलाई तरकारी पकेट क्षेत्र घोषणा गरेपछि खेती गर्नेको संख्या बढेको छ । चौतारा साँगाचोकगढी नगरपालिका–१४ का वडा अध्यक्ष शेरबहादुर श्रेष्ठका अनुसार डडुवाका स्थानीय किसानले तरकारी बेचेर मात्रै वार्षिक ५ करोड रुपैयाँ गाउँ भित्र्याउने गरेका छन् ।
‘गत वर्ष गोलभेंडा, काउली लगायत सिजनअनुसारका तरकारी बेचेर यो वडाबाट ५ करोड रुपैयाँ गाउँ भित्रिएको तथ्यांक छ’, अध्यक्ष श्रेष्ठले भने ‘यो वर्ष कृषि पकेट क्षेत्रको लागि साढे २ लाख नगरपालिकाबाट अनुदान आयो, साँढे २ लाख वडाले बजेट विनियोजन गरेको छ । यसले आम्दानी झन् बढ्ने अनुमान छ ।’ सो रकमबाट वडाभरका वडाबाट किसानहरुलाई ४ हजार प्याकेटको तरकारीको बीउ अनुदानमा दिएको उनले बताईन् ।
डडुवा, रानीटार र झुलेटारका ३०० घरधुरीले गोलभेडा लगाएका छन् । हरेक दिन दिउँसो ४ बजेपछि गोलभेडा लगायतको तरकारी बोकेर दैनिक ५ देखि ११ ओटासम्म गाडी काठमाडौं जान्छन् । कम्तीमा दैनिक ७०० क्रेट यहाँका किसानले फलाएका गोलभेंडा काठमाडौंदेखि चितवन हुँदै झापासम्म पुग्ने गरेको छ । गाडी लिएर किसानको गोलभेंडा लिन व्यापारीहरु गाँउमानै आउने गरेको वडाध्यक्ष श्रेष्ठले बताए ।
यहाँका किसानको गोलभेंडा फलाउने तरिका अलि फरक छ । किसानहरुले मकै दोर्याउने बेला गोलभेंडाका विरुवा रोप्ने गर्छन् । पात लाछ्ने, मकै पाक्ने बेला बोटको टुप्पो काट्ने र मकै भाँच्ने गर्छन् । बाँकी ढोड गोलभेंडालाई थाक्रो हुन्छ । यसले गोलभेंडा खेतीका लागि टनेल, थाक्रो हाल्ने लगानी गर्नु पर्दैन । यसो गर्दा एकै पटक मकै र गोलभेंडाको उत्पादन हुने कृषक कृष्णप्रसाद नेपालले बताइन् । बिना सिँचाई यहाँको माटोमा गोलभेंडा फल्ने गरेको उनले बताए ।
यो क्षेत्र समुन्द्री सतहबाट १ हजार ४०० मिटरको उचाईमा छ । दक्षिण पटी फर्केको जमिन, रातो र कालो मिसिएको माटो तरकारीका लागि उर्वर मानिएको छ । डडुवा, रानीटार र झुलेटारका ३०० घरधुरी हरेक परिवारले मकै भित्र रोपेका गोलभेंडाले अहिले आम्दानी गरिरहेका छन् । सामान्य रुपमा गोलभेंडा रोपेका परिवारले पनि यो समय कम्तीमा १ लाख आम्दानी गरेका छन् ।
सिन्धुपाल्चोक, १ भदौ: इन्द्रावती नदीमा गत असार १ गते आएको बाढी प्रभावित र विभिन्न स्थानमा गएको पहिराका कारण पीडितका लागि नेपाल ह्योल्मो समाजसेवा सङ्घले पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई डेढ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । सङ्घका अध्यक्ष पेमा ह्योल्मोले गाउँपालिकाका अध्यक्ष टासी लामालाई रकम हस्तान्तरण गरेका हुन् । अध्यक्ष लामाले हेलम्बु, मेलम्ची र पाँचपोखरी क्षेत्रले […]
२८ जेठ, सिन्धुपाल्चोक । केही महिनाअघि नेपाल कम्युनिस्ट पार्टीका नेता अमृतकुमार बोहरा र अष्टलक्ष्मी शाक्यको छोरा विश्वास बोहराको विवाहको कुरा चल्यो ।
बोहरा दम्पतीलाई समस्या भयो, विवाहमा कसलाई बोलाउने, नबोलाउने ? जिल्ला र केन्द्रीय तहमा समेत राम्रो छवि बनाएका बोहरा दम्पतीले विवाहमा बोलाउने निम्तालुहरुको लिस्टिङ गर्दा मात्रै ५ हजार जना भन्दा …