सल्यानमा पहिलो महिला अटो चालक मीना

सल्यान : श्रीनगर-खलंगा सडकखण्डमा अटो रिक्सा चलाउने पहिलो महिला हुन् मीना पुन।अटो चलाउन थालेपछि मीनाको दैनिकी फेरिएको छ। बिहानको घरधन्दा सकेर हतार हतार अटो लिएर बजार निस्किनु उनको दैनिकी बनेको छ। उनले परम्परागत सोचाइ अन्त्य गर्दै जिल्लामै पहिलो महिला अटो चालक भएर आफ्नो जीविका चलाउँदै छिन्।महिलाले सवारीसाधन चलाउने काम गर्नु हुँदैन भन्ने सोच फेर्न र आर्थिक उपार्जनका लागि अटो चलाउनु परेको उनको भनाइ छ। उनले भनिन्, ‘सुरुमा त आफैंलाई पनि अटो चलाउन सकिँदैन कि जस्तो लागेको थियो। गाउँघर सम