चालू आर्थिक वर्षको मौद्रिक नीति शुक्रवार सार्वजनिक गर्ने तयारी

साउन १८, काठमाडौं ।  नेपाल राष्ट बैंकले आर्थिक वर्ष २०७८/ ७९ को मौद्रिक नीति अगामी शुक्रवार सार्वजनिक गर्ने तयारी गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आवको शुक्रवार ल्याउने गरी तयारी भइरहेको सञ्चारमाध्यमलाई बताएका हुन् । यसअघि अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंक स्वायत्त निकाय भएको भन्दै राष्ट्र बैंकलाई नै कस्तो नीति ल्याउने, कहिले ल्याउने र कसरी ल्याउने भन्ने निर्क्योल गर्न सुझाव दिएको बताएका थिए । चालू आर्थिक वर्ष शुरु भएको यतिका दिन बितिसक्दा पनि केन्द्रीय बैंकले मौद्रिक नीति ल्याउन नसकेको भन्दै अर्थ विज्ञहरुले यथाशक्य चाँडो मौद्रिक नीति ल्याउन यसअघि सुझाव दिइसकेका छन् ।

सम्बन्धित सामग्री

यस्तो छ आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति (पूर्णपाठ)

नेपाल राष्ट्र बैंकले शुक्रबार अपराह्न मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेका हुन् । केन्द्रीय बैंकले नेपाल सरकारले लिएको ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सहयोग गर्ने गरी चालू आर्थिक वर्षको मौद्रिक नीति ल्याएको छ । गर्भनर अधिकारीले चालू वर्षको मौद्रिक नीति नेपाल सरकारले बजेटमार्फत लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्नेगरी ल्याइएको बताए ।उनले मौद्रिक नीतिको घोषणा गर्दै भने, ‘चालू आर्थिक वर्षमा नेपाल

शुक्रबार मौद्रिक नीति ल्याउने तयारीमा केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति आज शुक्रबार ल्याउने अन्तिम तयारी गरेको छ । बिहीबार प्रधानमन्त्रीलाई मौद्रिक नीतिका सम्बन्धमा ब्रिफिङ गरिसकेको र शुक्रबार बिहान बस्ने बोर्ड बैठकले मौद्रिक नीति ल्याउने कि रोक्ने भन्ने निर्णय गर्ने राष्ट्र बैंकका प्रवक्ता गुणाकार भट्टले बताए । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई […] The post शुक्रबार मौद्रिक नीति ल्याउने तयारीमा केन्द्रीय बैंक appeared first on राजधानी राष्ट्रिय दैनिक.

चालू आवको मौद्रिक नीति आर्थिक पुनरउत्थानमा केन्द्रित छ : गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्षको मौद्रिक नीति आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर ल्याएको बताएका छन् ।  नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)ले आज आयोजना गरेको श्रव्यदृश्य अन्तरक्रियामा उनले आर्थिक पुनरुत्थान पनि हुन सकोस्, कार्यान्वयन गर्नेलाई पनि समस्या नपरोस् भनेर आर्थिक पुनरुत्थानलाई सँगसँगै राखेर मौद्रिक नीति ल्याएको बताए । “कोभिडको दोस्रो वर्षको असहज अवस्थामा मौद्रिक नीति आएको छ, गत वर्षको लकडाउनभन्दा यो वर्ष सहज अवस्था छ, राष्ट्र बैंकले बैंकको तथ्या

पुनरुत्थान केन्द्रित मौद्रिक नीति

काठमाडौं, साउन ३१। नेपाल राष्ट्र बैंकले कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई पुनरुत्थानमा सहयोग पुग्ने गरी चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रवार चालू आवको मौद्रिक नीति सार्वजनिक गरेका छन्, जुन कोरोनाबाट प्रभावित अर्थतन्त्र पुनरुत्थानमा केन्द्रित देखिएको छ । साथै नयाँ नीतिगत रूपान्तरणका केही नीतिसमेत यसमा परेका छन् । राष्ट्र बैंकले गत […]

चालू आर्थिक वर्षको मौद्रिक नीति सकारात्मक : परिसङ्घ

नेपाल उद्योग परिसङ्घले आफूहरुले दिएको सुझावका आधारमा चालू आर्थिक वर्षको मौद्रिक नीति आएको भन्दै प्रसन्नता व्यक्त गरेको छ । मौद्रिक नीतिमा भएका व्यवस्थाले कोभिड–१९ प्रभावित व्यवसायको पुनरुत्थान, आर्थिक क्रियाकलाप विस्तारमा सहयोग र व्यवसाय निरन्तरतामा योगदान दिने परिसङ्घको बुझाइ छ । परिसङ्घले एक धारणा सार्वजनिक गर्दै पर्यटन क्षेत्रको ब्याज फ्रिज गर्ने घोषणाले यस क्षेत्रको पुनरुत्थानका लागि सहयोग गर्ने उल्लेख गरेको छ । मौद्रिक नीतिले ठूला उद्योगी÷व्यवसायीलाई भने सम्बोधन गर्न

मौद्रिक नीति सकारात्मक : उद्योग परिसङ्घ

काठमाडौँ । नेपाल उद्योग परिसङ्घले आफूहरुले दिएको सुझावका आधारमा चालू आर्थिक वर्षको मौद्रिक नीति आएको भन्दै प्रशन्नता व्यक्त गरेको छ । मौद्रिक नीतिमा भएका व्यवस्थाले कोभिड–१९ प्रभावित व्यवसायको पुनरुत्थान, आर्थिक क्रियाकलाप विस्तारमा सहयोग र व्यवसाय निरन्तरतामा योगदान दिने परिसङ्घको बुझाइ छ । परिसङ्घले एक धारणा सार्वजनिक गर्दै पर्यटन क्षेत्रको ब्याज फ्रिज गर्ने घोषणाले यस क्षेत्रको […]

चालू आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको पूर्णपाठ

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गरेको छ।

सरकारको प्राथमिकता र प्रक्षेपण हेरेर मात्र मौद्रिक नीति : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकले नयाँ सरकारको प्राथमिकता र प्रक्षेपणलाई हेरेर मात्रै चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्न सकिने स्पष्ट पारेको छ ।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकार परिवर्तन भएकाले नयाँ सरकारको बजेटको आकार, प्राथमिकता र प्रक्षेपण हेरेर मात्रै चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्नुपर्ने अवस्था रहेको बताएका हुन् । बुधबार संघीय संसद प्रतिनिधिसभा […]

मौद्रिक नीति सार्वजनिक गर्न सरकारलाई पर्खिरहेका छौँ : अधिकारी

नेपाल राष्ट्र बैंकले नयाँ सरकारको प्राथमिकता र प्रक्षेपणलाई हेरेर मात्रै चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्न सकिने स्पष्ट पारेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकार परिवर्तन...

सरकारका प्राथमिकता र प्रक्षेपणलाई हेरेर मौद्रिक नीति सार्वजनिक गर्छौं : गभर्नर

नेपाल राष्ट्र बैंकले नयाँ सरकारको प्राथमिकता र प्रक्षेपणलाई हेरेर मात्रै चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्न सकिने स्पष्ट पारेको छ