स्वास्थ्य विज्ञान शिक्षालय संघ (एसिया) को अध्यक्षमा चितवनका सरोज ढकाल चयन भएका छन्। सौराहामा आज सम्पन्न पाँचौँ राष्ट्रिय महाधिवेशनले ढकालको अध्यक्षतामा नौ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
चितवन (अस) । स्वास्थ्य विज्ञान शिक्षालय संघ (एसिया)को अध्यक्षमा चितवनका सरोज ढकाल चयन भएका छन् । सौराहामा सम्पन्न संघको पाँचौं राष्ट्रिय महाधिवेशनले ढकालको अध्यक्षतामा नौ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
समितिका उपाध्यक्षहरूमा एभरेष्ट नर्सिङ कलेज काठमाडौंका सञ्चालक केपी सिंह, हाम्रो स्कुल अफ नर्सिङ विराटनगरका सञ्चालक डा. शंकरप्रसाद अधिकारी, महासचिवमा नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजुकेशन काठमाडौंका सञ्चालक केएन शर्मा, सचिवमा सान इन्स्टिच्युट अफ नेपाल काठमाडौंका सञ्चालक प्रबल श्रेष्ठ र कोषाध्यक्षमा इनोभेटिभ कलेज अफ हेल्थ साइन्स काठमाडौंका सञ्चालक सरला केसी चयन भएका छन् ।
त्यसैगरी सदस्यहरूमा ओम हेल्थ क्याम्पस काठमाडौंका सञ्चालक किरण दुवाडी र मायादेवी टेक्निकल कलेज बुटवलका सञ्चालक चिरञ्जीवी जोशी चयन भएका छन् । दुई सदस्यको मनोनयन पछि गरिनेछ ।