सप्तरी–२ मा हिजो रोकिएको मतगणना पुनः सुरु भएको छ । मतपेटिकामा लगाइएको सिलको नम्बर नमिलेपछि जनता समाजवादी पार्टी र माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले हिजो मध्यरातिदेखि मतगणना स्थगित गराएका थिए । मतपेटिकामा लगाइएको सीलको नम्बरमाथि छानविन गरेको थियो । छानविनमा निर्वाचन कार्यालयको प्रतिनिधि र दलका प्रतिनिधिले टिपोट गरेको नम्बर फरक फरक रहेको कारण त्यस्तो देखिएको थियो । सीलमा लगाइएको नम्बर निर्वाचन कार्यालयको प्रतिनिधिले सही टिपेका थिए तर दलका नेताहरुले नै मिस्टेक टिपेका थिए