संयुक्त स्वरोजगार सडक व्यापार व्यवसायी संघर्ष समितिले काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध आन्दोलनको घोषणा गरेको छ । महानगरले सडकको फुटपाथमा व्यवसाय गर्न बन्देज लगाएको र उपयुक्त विकल्पसमेत नदिएको भन्दै उनीहरुले सडक प्रदर्शन र महानगर कार्यालय घेराउसहित विरोधका कार्यक्रम घोषणा गरेका छन् ।