नेपाली कांग्रेसले निर्वाचनमा जनमत प्रभावित गर्ने सरकारी दुराशय बजेटमा प्रकट भएको आरोप लगाएको छ ।
बहिर्गमनको समयमा पनि सरकारको अहंकार नघटेको कांग्रेसको आरोप छ ।
संसदीय दलको कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलनको आयोजना गरी कांग्रेसले बजेटबारे संस्थागत धारणा सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा कांग्रेसले यसअघि बनाएको छायाँ मन्त्रिपरिषद्का अर्थमन्त्री समेत रहेका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले जनमत प्रभावित गर्नको लागि बजेट छरिएको आरोप लगाएका हुन् ।
‘योजना कार्यान्वयन गर्ने क्षमता छैन तर आकाशका...