मेगा बैंकको मुनाफा ९२ प्रतिशतले वृद्धि

मेगा बैंक नेपाल लिमिटेडले आर्थिक वर्ष २०७५÷७६ को अन्त्यसम्ममा १ अर्ब ७१ करोड ९३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको जनाएको छ । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ३१ करोड ७४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको भन्दै बैंकले यस आर्थिक वर्षमा ४० करोड १९ लाख रुपैयाँ मुनाफा वृद्वि गर्न सफल भएको पनि बतायो ।