मिटर ब्याज र दुर्घटनासम्बन्धी मुद्दामा ‘कैफियतवाला फैसला दिएको’ भन्दै काठमाडौं जिल्ला अदालतका दुई न्यायाधीशलाई काजमा सर्वोच्च अदालत तानिएको छ । चैत १४ गते सर्वोच्च अदालतले एक पत्र पठाउँदै काठमाडौं जिल्ला अदालतका न्यायाधीशद्वय सूर्यप्रसाद अधिकारी र अम्बिकाप्रसाद निरौलालाई सर्वोच्च अदालतले काजमा तानेको हो । न्यायाधीश सूर्यप्रसाद अधिकारीले गरेको बूढानीलकण्ठ सवारी दुर्घटनासम्बन्धी फैसला र निरौलाले गरेको बाबुराजा रावल अपहरण मुद्दाका प्रतिवादीलाई सफाई एवं मिटरब्याजी गणेश उप्रेतीलाई सफ