भारतको रक्सौलमा खाद्य प्रयोगशाला स्थापना

भारतको रक्सौलमा राष्ट्रिय खाद्य प्रयोगशाला स्थापना भएको छ । सो प्रयोगशालाको कृषि तथा पशुपन्छी मन्त्री महिन्द्र राय यादवको उपस्थितिमा भारतका स्वास्थ्य एवम् परिवार कल्याण मन्त्री डा. मनसुख मण्डावियाले उद्घाटन गरका छन् ।रक्सौलमा अवस्थित र भारतीय खाद्य संरक्षा एवम् मानक प्राधिकरण (एफएसएसएआई) द्वारा स्थापित राष्ट्रिय खाद्य प्रयोगशाला भारत प्रवेश गर्ने खाद्यान्न नमुनाहरुको परीक्षण गर्नका लागि उन्नत […]

सम्बन्धित सामग्री

वीरगञ्जमा खाद्य प्रयोगशाला स्थापना हुनुपर्ने माग

६ असार, वीरगञ्ज । खाद्य उद्योगीहरुले वीरगञ्जमा खाद्य प्रयोगशाला स्थापना हुनुपर्ने माग गरेका छन् । घरेलु तथा साना उद्योग कार्यालय पर्साले आयोजना गरेको कार्यक्रमका सहभागीहरुले खाद्यवस्तुको परीक्षण गर्न जनकपुर जानुपर्ने बाध्यताको अन्त्य गर्नका लागि अत्याधुनिक खाद्य प्रयोगशाला वीरगञ्जमा हुनुपर्ने माग गरेका हुन् । खाद्य उद्योगी शिवजी कलवारले चिउरा, पिठो, दाल, चामलको म्याद गुर्जने समय सरकारले […]

रक्सौलमा खाद्य प्रयोगशाला स्थापना, भारत निकासी हुने वस्तुको नमूना परीक्षणमा सहज

जेठ २३, वीरगञ्ज। सीमावर्ती भारतीय शहर रक्सौलमा भारतको राष्ट्रिय खाद्य प्रयोगशाला स्थापना भएको छ । आइतवार भारतीय स्वास्थ्य एवम् परिवार कल्याणमन्त्री डा. मनसुख मण्डावियाले उक्त प्रयोगशालाको उद्घाटन गरेका छन् । खाद्य प्रयोगशाला उद्घाटनमा नेपालका कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवसमेत सहभागी थिए । प्रयोगशाला ‘भारतीय खाद्य सुरक्षा एवम् मानक प्राधिकरण’ (एफएसएसएआई) ले स्थापना गरेको हो । प्रयोगशाला स्थापनासँगै नेपालबाट हुने विभिन्न वस्तुको निकासीअघि भारतले गर्ने गुणस्तर परीक्षण सहज हुने भएको छ । नेपाली निर्यातकर्ताले रक्सौलमा प्रयोगशाला स्थापनाको माग गर्दै आएका थिए । नेपालबाट भारत निकासी हुने प्रशोधित तेल, भटमासको अर्धप्रशोधित तेल, खाद्यान्न, छालालगायत वस्तुको परीक्षण सहज हुने वीरगञ्जका निर्यातकर्ता सुरेश रुंगटाले बताए । यसअघि यस्ता वस्तुको नमूना परीक्षणका लागि कोलकाता वा दिल्लीस्थित प्रयोगशालामा पठाउनुपर्ने बाध्यता थियो ।  एफएसएसएआईले यो प्रयोगशाला उच्च प्रविधि र पूर्वाधारयुक्त भएको बताएको छ । रक्सौलमा स्थापना भएको प्रयोगशालाले नेपालको खाद्यान्न र कृषिजन्य उत्पादनको निर्यातमा नमूना परीक्षणमा लाग्ने समयको बचत हुनेछ । यसले नेपाल र भारतबीचको द्विपक्षीय व्यापार अभिवृद्धि हुने अपेक्षा गरिएको छ । ‘छिमेकी पहिलो’ नीतिअनुरूप नेपालसँग कनेक्टिभिटी, व्यापार तथा सीमा पूर्वाधार सुधार गर्ने अभिप्रायले यो संरचना स्थापना गरिएको एफएसएसएआईले बताएको छ ।

साढे चार करोडको लागतमा खाद्य प्रयोगशाला बन्दै

सरकारले साढे चार करोड रुपैयाँको लागतमा खाद्यान्न परीक्षण गर्न अत्याधुनिक उपकरणसहितको प्रयोगशाला स्थापना गर्ने भएको छ । भारत सरकारको ४ करोड ४२ हजार रुपैयाँको सहयोगमा प्रयोगशाला स्थापना गर्न लागिएको हो ।