धूमपान घटाउनेसम्बन्धी उपचारका लागि मासाचुसेटस् राज्यले रकम खर्च गर्न थालेपछि अम्मलीहरूको संख्यामा ह्रास आएको छ । राज्यले धूमपान नियन्त्रण कार्यक्रम कार्यान्वयन गरेपछि धूमपान त्याग्नेको संख्या १० प्रतिशतले घटेको छ । त्यसैगरी मुटु रोगीको संख्यामा पनि ४६ प्रतिशतले कमी आएको छ । एक अध्ययनअनुसार उक्त प्रतिशत बीमा सुविधा उपभोग गरिरहेका धूमपानका अम्मलीको हो । त्यसैगरी ४० प्रतिशतले निकोटिनको सामान्य मात्रा भएको औषधि सेवन गरेर धूमपान त्यागेका छन् । धूमपान नियन्त्रणका लागि राज्यबाट हुने लगानीले बीमाबापत खर्च हुने धेरे रकम बचत गर्ने अनुसन्धानकर्ताहरूले बताएका छन् । अध्ययनमा सन् २००७ मा बीमा सुविधा उपभोग गरिरहेका केही गरीब र ४९ प्रतिशत मुटुका रोगी अस्पताल भर्ना भएको उल्लेख छ । खाद्य तथा औषधि व्यवस्था विभागले सुर्तीजन्य पदार्थको प्रभाव कम गर्ने प्रभावकारी उपाय अवलम्बन गर्नुका साथै व्यवहार परिवर्तनका निम्ति नियमित सल्लाह दिने गरेकाले मुटुरोगीको संख्यामा नाटकीय परिवर्तन आएको हो ।
वर्ष ६, अंक ९०, सोमवार, ५ पुस, २०६७