पाटन दरबार सङ्ग्रहालय खुल्यो

पाटन दरबार क्षेत्रमा अवस्थित ‘पाटन सङ्ग्रहालय’ खुलेको छ । मुलुकमा दोस्रो लहरको कोरोना महामारी बढेसँगै गत वैशाख १६ गतेदेखि सङ्ग्रहालय सर्वसाधारणका साथै आगन्तुकका लागि बन्द गरिएको सङ्ग्रहालय बुधबारदेखि खुलेको हो । बिहान १० देखि साँझ ४ः४५ बजेसम्म सङ्ग्राहालय खुलाइएको निमित्त कार्यकारी निर्देशक सुरेशमान लाखेले बताउनुभयो । उहाँले भन्नुभयो, “आज ७० जनाले सङ्ग्रहालय घुम्नुभयो, जसमा धेरैजसो …

सम्बन्धित सामग्री

मत्स्येन्द्र्नाथ र भोटो जात्रा तस्बिर प्रदर्शनी

पोखराको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा रातो मत्स्येन्द्र्रनाथ र भोटो जात्राबारे तस्बिर प्रदर्शनी सुरु भएको छ । सङ्ग्रहालयको २१ औँ स्थापना दिवसका अवसरमा पाटन दरबार सङ्ग्रहालय र हनुमान ढोका दरबार सङ्ग्रहालयको सहकार्यमा सो प्रदर्शनी गरिएको हो ।

पाटन दरबार सङ्ग्रहालय बुधबारदेखि खुल्ने

पाटन दरबार क्षेत्र मङ्गलबजारमा अवस्थित ‘पाटन सङ्ग्रहालय’ आउँदो बुधबारदेखि खुला गरिने भएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले आज एक सूचना जारी गरी यही भदौ २३ गतेदेखि सङ्ग्रहालयलगायत दरबार क्षेत्रका साथै अन्य पर्यटकीय स्थलसमेत खुलाइने जानकारी गराएका छन् । दरबार क्षेत्र खुलाउने कुरा अघि बढेसँगै आफूहरु तयारी अवस्थामा रहेको पाटन दरबार सङ्ग्रहालयका निमित्त […]