नेपाली काँग्रेसले १४ औं महाधिवेशनको मतदानका लागि २ सय ९३ वटा मतदान बुथ राख्ने भएको छ । १४ औं महाधिवेशन प्रचार प्रसार समितिका संयोजक विश्वप्रकाश शर्माले २ सय ९३ वटा मतदान बुथ र १ हजार वटा मतपत्र खसाल्ने बक्स हुने जानकारी दिए ।यही मंसिर २४–२७ मा हुन लागेको महाधिवेशनको बन्दसत्र सकिएपछि निर्वाचन प्रक्रिया सुरु हुने उनको भनाइ छ । मतदानका लागि २९ वटा स्थानबाट मतपत्र वितरण हुने शर्माले बताए । २४ गते दिउसो १ बजे उद्घाटन हुने १४ औँ महाधिवेशनले नेतृत्वसहित केन्द्रीय पदाधिकारी र सदस्य चयन गर्ने