नागरिक उन्मुक्ति पार्टीको महाधिवेशन वैशाखको पहिलो साता हुने

नागरिक उन्मुक्ति पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन २०८० साल वैशाख ४ देखि ६ गतेसम्म कैलालीको टीकापुरमा गरिने भएको छ । पार्टीका नेता लक्ष्मण थारूका अनुसार सोमबार रेशम चौधरीसँग डिल्लीबजार कारागारमा भेटघाट गरी महाधिवेशनको मिति तय गरिएको हो । उनले पार्टी संगठन रहेको सबै जिल्लाका पदाधिकारीहरूलाई आ-आफ्नो जिल्ला, क्षेत्र, पालिका, वडाहरुको गठन, पुनर्गठनमा लाग्न आह्वान पनि गरेका छन् । नागरिक उन्मुक्ति पार्टीबाट कैलाली–१ बाट पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ, कैलाली–२ बाट अरुणकुमार चौधरी र क