चीनमा १ सय ३२ जना यात्रु बोकेको हवाईजहाज दुर्घटना

चीनमा एक सय ३२ जना यात्रु बोकेको हवाईजहाज दुर्घटनामा परेको छ । चाइना इस्टर्न एअरलाइन्सको बोइङ ७३७ जहाज गुवाङ्सी प्रान्तमा दुर्घटनाग्रस्त भएको चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । हवाईजहाज युनान प्रान्तको राजधानी कुनमिङबाट ग्वान्जाओका लागि उडेको थियो । जहाज दुर्घटना भएपछि जङ्गलमा आगो लागेको देखिएको र उद्धारको काम भइरहेको खबरमा उल्लेख छ । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ । 

सम्बन्धित सामग्री

चीनमा हवाईजहाज दुर्घटना - बाेइङ ७३७ मोडलका सबै जहाज 'ग्राउन्डेड'

चीनमा एक सय ३२ जना यात्रु बोकेको हवाईजहाज दुर्घटनामा परेको छ । चाइना इस्टर्न एअरलाइन्सको बोइङ ७३७ जहाज गुवाङ्सी प्रान्तमा दुर्घटनाग्रस्त भएको हो ।अहिलेसम्म दुर्घटनाको कारण र ज्यान गुमाउनेको सङ्ख्याबारे खुल्न सकेको छैन । उद्धारकर्ताहरूले बाँचेको कुनै सङ्केत नदेखिएको बताएका बीबीसीले जनाएको छ ।युनान प्रान्तको राजधानी कुनमिङबाट ग्वान्जाओका लागि उडेको जहाज जमिनमा खसेपछि आगो लागेको देखिएको चीनको सरकारी टेलिभिजन सीसीटीभीले जनाएको छ । दुर्घटनापछि चीनका राष्ट्रपति सी जिनपिङले कारण पत्ता लगाउन तत्काल अनुसन्धान गर्न आदेश दिनुभएक...