ब्याज अनुदानका लागि सरकारले खर्चियो १९ अर्ब ३२ करोड रुपैयाँ

ब्याज अनुदानको सहुलियत कर्जा कार्यक्रमअन्तर्गत गत भदौसम्म सरकारले १९ अर्ब ३२ करोड ३० लाख रुपैयाँ खर्चेको छ । यो ऋणीलाई सरकारले ब्याज अनुदान दिएको रकम हो । ब्याज अनुदानको सहुलियत कर्जा कार्यक्रम अन्तर्गत १० प्रकारका कर्जा लिन सकिन्छ । ती कार्यक्रममा महिला उद्यमीका लागि ६ प्रतिशत र बाँकी ९ प्रकारका कर्जा शिर्षकमा ५ प्रतिशत ब्याज अनुदान पाइन्छ ।