नेपालको पूर्व क्षेत्रमा अलैँचीको खेती प्रशस्तै गरिएको छ । धानखेत मासेर अलैँची खेती गर्दै आएका किसानहरू बेलाबेला भाउ घट्दा निराश बन्न पुग्छन् । जीविकोपार्जनका लागि व्यावसायिक अलैँची खेतीमा लागेका किसानहरू मूल्यमा आउने उतारचढावले तनाव झेल्दै पनि आएका छन् ।