एमाले उपाध्यक्ष गौतम अब ओलीसँगै

काठमाडौँ । नेकपा एमाले उपाध्यक्ष बामदेव गौतम अब अध्यक्ष केपी शर्मा ओलीसँगै रहने भएका छन् । प्रधानमन्त्री समेत रहेका ओलीले २०७७ पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दा तटस्थ बसेका गौतमले बालुवाटारमा शुक्रबार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकमा अब आफू ओलीसँगै रहने बताएका हुन् ।