सरकारले सोमबार सार्वजनिक गरेको नीति तथा कार्यक्रम संघीयता र समावेशी चरित्रको नभएको मधेश केन्द्रित राजनीतिक दलका नेताहरूले आरोप लगाएका छन् । उनीहरूले बजेटको वितरण मानव विकास सूचकांक कमजोर भएको क्षेत्रलाई उपेक्षा गर्ने गरी पुरानै पाराको हुने नीति तथा कार्यक्रमबाट संकेत मिलेको जनाएका छन् ।