नेपाल ल्युब आयल लिमिटेडद्वारा चितवनको रत्ननगरका दुई विद्यार्थीलाई छात्रवृत्ति

नेपाल ल्युब आयल लिमिटेडले चितवनको रत्ननगरका दुई विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । कम्पनीले रत्ननगर– १ निवासी सरस्वती चौधरीका दुई सन्तानलाई एक वर्षका लागि आवश्यक शैक्षिक शुल्क र शैक्षिक सामग्रीबापतको १ लाख १५ हजार ३ सय रुपैयाँबराबरको चेक हस्तान्तरण गरिएको हो ।