सुकुम्वासी समस्या कुनै एउटा दलकाे हाेइन, राजनीतिक भेदभाव नहाेस् : मन्त्री तुम्बाहाम्फे

काठमाण्डाै – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाम्फेले भूमिहीनको विवरण सङ्कलन गर्दा राजनीतिक भेदभाव नगर्न भूमिसम्बन्धी समस्या समाधान आयोगका पदाधिकारीलाई निर्देशन दिनुभएको छ । भूमिसम्बन्धी समस्या समाधान आयोगको ‘वार्षिक प्रगति समीक्षा एवम् वार्षिक प्रतिवेदन २०७७’ सार्वजनिक गर्न आइतवार काठमाण्डाैमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री तुम्बाहाम्फेले केही पालिकामा यस्तो समस्या देखिएको गुनासो प्राप्त भएको भन्दै राजनीतिक रूपमा भेदभाव नगरि काम गर्न निर्देशन दिनुभएक...