भव्य र आकर्षक बन्यो केशर महल

काठमाडौं: पुनर्निर्माण थालिएको चार वर्षमा केशर महल भव्य र आकर्षक बनेको छ। २०७६ माघदेखि पुनर्निर्माण थालिएको केशर महलको ९५ प्रतिशत काम पूरा भएको छ।मंगलबारको गोरखापत्र दैनिकमा समाचार छ,निर्माण कम्पनीले सरकारलाई आगामी फागुनमा भवन हस्तान्तरण गर्ने योजना बनाएको छ। अब ढल व्यवस्थापन, रङ्गरोगन र सरसफाइको काम मात्र बाँकी छ। गाडी पार्किङ स्थलमा ढुङ्गा छाप्ने कार्य धमाधम भइरहेको छ। २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त भएको केशरमहलको पुनर्निर्माण कार्य गत २०७८ मङ्सिरमा सम्पन्न भइसक्नुपर्ने थियो। त्यहाँ रहेक

सम्बन्धित सामग्री

केशर महलको संरक्षण (सम्पादकीय)

नारायणहिटी दरबार परिसर अतिक्रमण एवं क्याफेलगायतको प्रसङ्ग सेलाउन नपाउँदै फेरि यस्तै एक अर्को प्रसङ्गले चर्चा पाउन थालेको छ । नारायणहिटीबाट करिब ५० मिटरको दूरीमा रहेको केशर महलमा समेत व्यावसायिक प्रयोजनका नाममा ऐतिहासिक धरोहर मास्ने अर्को गिरोहको खेल सुरु भएको छ । एक सय वर्ष पुराना भौतिक संरचना पुराताìिवक महìवका सम्पदामा गणना हुनेमा १७० वर्ष पुरानो केशर महलको आफ्नै विशिष्ट महìव छ । नेपालकै प्रसिद्ध पुस्तकालय केशर पुस्तकालय रहेको केशर महल गार्डेन अफ ड्रिम्स नेपाल घुम्न आउने पर्यटकहरूका लागि आकर्षक गन्तव्यका रूपमा रहिआएको सर्वविदितै छ । केशर महलमा सङ्ग्रहित अमूल्य पुस्तक, कलाकृति, आखेटोपहार तथा स्वयंमा यस भवनको डिजाइन आफैँमा अद्वितीय नमुना तथा विशेषता हुन् । यस्तो अद्वितीय बेजोड ऐतिहासिक धरोहरको संरक्षण एवं संवद्र्धन राष्ट्रको मुख्य प्राथमिकतामा पर्नुपर्ने तथ्यमा सायदै दुई मत होला ।