जसपामा कित्ता हेरफेर : राजपाको कोटाबाट प्रदेशमा मन्त्री बनेका दुई जना महतोलाई छोडेर उपेन्द्रको खेमामा

२ नम्बर प्रदेशमा राजपाबाट मन्त्री बनेका दुई जनाले राजपाको खेमा छोडेर उपेन्द्र यादवको खेमालाई साथ दिएका छन् । त्यसमा पनि जसपाका वरिष्ठ नेता राजेन्द्र महतो निकट रहेका एक मन्त्रीले समेत महतोलाई धोका दिदै उपेन्द्रलाई साथ दिएका छन् ।  राजेन्द्र महतो निकट मानिएका जसपाका कार्यकारिणी सदस्य नवलकिशोर साह सुडीले कित्ता फेरेका छन् । सप्तरीबाट प्रदेश सभामा निर्वाचित भएका तत्कालीन राजपाका उपाध्यक्ष सुडीले महतोको साथ छोडेर उपेन्द्र यादवको खेमामा गएका छन् ।  २ नम्बर प्रदेशको सामाजिक विकास मन्त्री समेत रहेका सुडीले महतोको साथ छ...