काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनुशासन बाहिर रहेर योग गर्नुको औचित्य नभएको बताएका छन्।अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा पार्टी कार्यालय च्यासलमा बुधबार आयोजित प्रवचन कार्यक्रममा बोल्दै ओलीले योग र मान्छेको आचरण फरक दिशामा जान नसक्ने बताए। ‘बेलुका भएपछि टिल्ल रक्सी खाएर भोलिपल्ट बिहान योग गर्यो भने त्यसको औचित्य हुँदैन। ह्याङओभर नै हटेको हुँदैन’, ओलीले भने, ‘त्यसकारण जता योगले तान्छ त्यतापटि जानुपर्छ। आचरण एकातिर योग अर्कोतिर चल्न सक्दैन।’