दमक नगरपालिकाको गठबन्धन तर्फकी उपमेयर पदकी उम्मेदवार हुन् रेगिना भट्टराई प्रसाईँ । दमक नगरपालिकामा जित दर्ता गर्ने कसरतमा रहेकी रेगिना राप्रपासहितको ६ दलीय गठबन्धनलाई दमकको आवश्यकता मानेर अघि बढेको बताउँछिन् । हाल दमक नगरपालिकामा एमाले भर्सेस छ दलीय गठबन्धन चुनावी मैदानमा छ ।जसमा एमालेका तर्फबाट उपप्रमुख पदका लागि अम्बिका खतिवडाको उम्मेदवारी छ भने गठबन्धनका तर्फबाट प्रसाईँको उम्मेदवारी छ । नेपाली काँग्रेसका तर्फबाट उम्मेदवारी दिएकी प्रसाईँले विशेष गरेर दमकको विकास र परिवर्तनका लागि नेतृत्व