मर्स्याङ्दी जलविद्युत् केन्द्रमा ५५ मेगावाट विद्युत् उत्पादन

काठमाण्डौ – तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा रहेको मर्स्याङ्दी जलविद्युत् केन्द्रमा हिउँदको तुलनामा विद्युत् उत्पादन बढेको छ । ६९ मेगावाट क्षमता रहेको केन्द्रमा हिउँदको समयमा ४० मेगावाट उत्पादन हुँदै आएकोमा अहिले बढेर उत्पादन ५५ मेगावाट पुगेको हो । पानी पर्न थालेपछि उत्पादन बढेको तर अझै पनि पूर्ण क्षमतामा उत्पादन हुन नसकेको केन्द्रका प्रमुख बद्री फुँयालले जानकारी दिनुभयो । लामो खडेरीका कारण नदीमा मिसिने खोला, झरना, खोल्सीको पानी घटेको र कतिपय सुकेकाले पूर्ण क्षमतामा उत्पादन हुन नसकेको उहाँको भ...