अमेरिकामा विदेशी कामदारको अभाव, कोरोना कारण कामदर नफर्कदा समस्या

एजेन्सी।अमेरिकामा विदेशी कामदारको अभाव हुँदा मौसमी कारोबार ठप्प भएको छ।कोरोना महामारीका कारण मेरिल्याण्ड,क्यालिफोर्निया,कोलोराडो लगायतका राज्यमा विदेशी कामदारको संख्या उल्लेख्य रुपमा घट्दा समस्या आएको हो। महामारीका कारण आ–आफ्नो देश फर्केका कामदार अमेरिका फर्किएका छैनन्।“धेरैजसो मौसमी कारोबार सम्बन्धी काम अस्थायी प्रकृतिको हुन्छ जुन स्थानीय गर्न चाहँदैनन्”,विकास निर्माण सम्बन्धी एक कारोबारीले भने। अहिले विदेशी कामदार नै अमेरिका आउन नचाहेको उनको बुझाई छ।