काठमाडौं : काठमाडौंको टोखा नगरपालिका-२ स्थित अरूण थापाको घरबाट बहुमूल्य गहना तथा सामान चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।सुन तथा हिराका गरगहनाहरू तथा ल्यापटप चोरीमा संलग्न दोलखा भिमेश्वर गाउँपालिका-२ घर भई बुद्धनगर बस्ने १८ वर्षीय प्रिन्स श्रेष्ठ, नुवाकोट दुप्चेश्वर गाउँपालिका-७ का २३ वर्षीय विवेक पण्डित र तनहुँ म्यादी गाउँपालिका-६ का २७ वर्षीय विजय विकलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो।प्रिन्स र पण्डित सामान चोरी गर्ने तथा विक चोरीका सामान खरिद गर्ने कार्यमा संलग्न रह