काण्डै काण्डका बिच अर्थमन्त्री जनार्दन शर्मा अन्ततः राजीनामा दिन बाध्य भएका छन् । आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गराई करको दरमा हेरफेर गराएको आरोपले उग्र रूप लिएसँगै मन्त्रालयका उच्च पदस्थ कर्मचारीले साथ छोड्दै गर्दा छानबिन गर्न संसदलेसमेत संसदीय विशेष समिति बनाए लगतै शर्माले राजीनामा दिएका हुन् । अनधिकृत व्यक्ति प्रवेश गरेको […]