भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले राज्यको भलाइ हुन्छ भने आफू प्रधानमन्त्री मोदीको गोडामा ढोग्न पनि तयार रहेको बताएकी छन् ।
तर केन्द्र सरकारले प्रतिशोधको राजनीति गरेको आरोप पनि उनले लगाइन् ।
पश्चिम बंगालका मुख्य सचिवलाई राज्यबाट दिल्ली बोलाएको सन्दर्भमा ममताको बयान आएको हो । कोरोना संकटका बेलामा राज्यका वरिष्ठ प्रशासकहरूलाई यतै बसेर काम गर्न दिनुपर्ने उनको भनाइ छ ।
विधानसभा निर्वाचनमा हारपछि मोदी र गृहमन्त्री अमित शाहले आफूहरूलाई हरेक कदममा बाधा गरिरहेको आरोप उनले लगाइन् ।
...