मन्त्री आलेको अनुरोध, 'विमानस्थलमा पान खाएर पिचिक्क थुक्ने काम नगर्नुस्'

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले भवनको शिलान्यास गर्दै विमानस्थलको सरसफाइमा ध्यान दिन अनुरोध गरेका छन्।मन्त्री आलेले पान खाएर जथाभावि पिचिक्क थुक्ने काम नगर्न सबैमा आग्रह गरेका हुन्। आन्तरिक हवाई यात्रुको चाप बढसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिकतर्फको टर्मिनल भवन बनाउन लागेको बताएको छ।भवनको शिलान्यास गर्दै मन्त्री आलेले भवन निर्माणको काम समय अगावै सक्न भवन निर्माणको जिम्मा पाएको ब्राइट मल्टी कन्स्ट्रक्शनसँग आग्रह गरे। एक वर्षभित्र आन्तरिक टर्मिनल