पर्वत : पर्वतको कुश्मा नगरपालिकाले निजामती क्षेत्रमा प्रवेश गर्न चाहने सीमित क्षेत्रका महिलाका लागि लोक सेवा आयोगको तयारीका लागि निःशुल्क कक्षा सञ्चालन गर्ने भएको छ।आर्थिक र सामाजिक रूपमा विपन्न महिलाहरूका लागि आव ०७९/८० को स्वीकृत कार्यक्रमअनुसार तालिम सञ्चालन गर्न लागिएको कुश्मा नगरपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले बताए।राजपत्र अनङ्कित द्वितिय श्रेणी खरिदार (सहायक स्तर चौथो तह) अप्राविधिक पदको कक्षा सञ्चालन गर्न लागिएकोले न्यूनतम योग्यता पुगेका इच्छुक महिल