बाँके : प्रहरीले दुर्लभ वन्यजन्तु पाटेबाघको छाला ओसारपसार गर्ने दुई जनालाई नियन्त्रणमा लिएको छ। बिहीबार दिउँसो बैजनाथ गाउँपालिका–४ तिलकपुरस्थित भित्री सडकबाट उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।दुई थान दुर्लभ वन्यजन्तु पाटेबाघको छालासहित मेल्लेख गाउँपालिका–३ ऋषिदह अछामका २७ वर्षीय डम्बर बुढा र रामारोशन गाउँपालिका–५, अछामका ३५ वर्षीय नन्दु बुढालाई नियन्त्रणमा लिएको बाँके प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए।पाटेबाघको छाला ल्याइरहेको भन्ने विशेष सू