काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले समकालीन नेपाली इतिहासमा अहिलेजस्तो न्यायालय र न्यायमूर्तिहरुको निन्दा, विरोध र भत्सर्ना कहिल्यै नभएको टिप्पणी गरेका छन्। उनले न्याय मरेको आभाष भएको लेखेका छन्।
सामाजिक सञ्जाल ट्विटरमार्फत शनिबार साढे तीन बजे एक ट्विट जारी गर्दै यस्तो प्रतिक्रिया दिएका हुन्।
...