निवर्तमान प्रधानमन्त्री ओलीले भने, 'निश्चित व्यक्तिको आकांक्षा पुरा गर्न संविधानको अपव्याख्या भयो'

काठमाडौं। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले निश्चित व्यक्तिको निश्चित आकांक्षा परिपूर्तिका लागि संविधानको अपव्याख्या भएको बताएका छन्। देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसले बस्तु तह पछि फर्कने गरी संविधानको संशोधन गर्ने काम गरेको बताए। उनले भने, 'फैसलाले दलीय व्यवस्थाको आधारभूत प्रस्तावलाई नै चुनौती दिएको छ। एउटै दलका सदस्य सत्तापक्ष र प्रतिपक्ष बन्ने यस्तो परिकल्पना कुनै पनि लोकतान्त्रिक प्रणालीले गर्दैन।’