सरकार गठनको वार्ता भंग, मर्केल चान्सलर हुने सम्भावना टर्‍यो

जर्मनीमा गठबन्धन सरकार गठनका लागि भएको वार्ता भंग भएपछि एन्जेला मर्केलको पुन: चान्सलरमा नियुक्त हुने सम्भावना टरेको छ । यससँगै युरोपको ठूलो अर्थतन्त्र जर्मनी नयाँ निर्वाचनोन्मुख भएको छ ।