प्रधानमन्त्री पत्नी आरजु र भाजपा नेता चौथाइवालेबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाले सत्तारुढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेट गरेकी छन्। चौथाइवालेले आइतवार ट्वीट गर्दै आरजुसँग भेटेको तस्वीर सार्वजनिक गरेका हुन्। ‘निजी भ्रमणमा दिल्लीमा रहेकी डाक्टर आरजु राणा देउवासँग मेरो आज अत्यन्त सौहार्दपुर्ण भेट भयो,’ चौथाइवालेले लेखेका छन्। प्रधानमन्त्री देउवाको भारत भ्रमणको एक साताअघि पत्नी आरजुले भारतीय सत्तारुढ दलसँग भेटेकी हुन्।   देउवा पुस २५ गते भारत भ्रमणमा जान

सम्बन्धित सामग्री

आरजुले भेटिन् भाजपा नेता चौथाइलावाले

कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवाले भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेट गरेकी छिन् ।  प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु करिब एक महिनादेखि उपचारका लागि नयाँ...

प्रधानमन्त्री पत्नी आरजु दिल्लीमा, भाजपा नेता चौथाइवालेसँग भेटवार्ता

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु देउवा भारतको नयाँ दिल्ली पुगेकी छिन् ।  निजी भ्रमणको सिलसिलामा देउवा दिल्ली पुगेको कांग्रेस स्रोतले बतायो । भारत भ्रमणमा रहेकी देउवाले आइतवार भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेसँग भेटवार्ता गरेकी छिन् । ‘निजी भ्रमणमा रहनुभएका डा. आरजु राणा देउवासँग नयाँदिल्लीमा अत्यन्तै सौहार्दपूर्ण भेटवार्ता भयो,’ चौथाइवालेले लेखेका छन् ।  नेपाल भ्रमणमा आएको बेला चौथाइवालेलाई आरजुले रक्षा बन्...

आरजुको कुटनीतिः भाजपा नेता चौथाइवालेलाई राखी बाँधेर बालुवाटारमा स्वागत

काठमाडौं, ७ भदौ । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले आइतबार बालुवाटार पुगे । जनै पूर्णिमा तथा रक्षाबन्धनको दिन उनी बालुवाटार पुग्नु संयोग थियो । बालुवाटारमा चौथाइवालेलाई प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवाले राखी बाँधेर स्वागत गरिन् । उनले रातो रङ्गको राखी बाँधिदिदा चौथाइवाले हर्षित देखिन्थे । आरजुले गेरु रङ्गको पोशाक लगाएकी थिइन् […]