महोत्तरी – घटना भएको एक महिनापछि सुजिता ठाकुर हत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जाहेरी दर्ता भएको छ । मृतक सुजिताका माइती पक्षले जिल्ला प्रहरी कार्यालयमा सोमवार कर्तव्य ज्यान उद्योगमा जाहेरी दर्ता गराएका हुन् ।
गएकाे जेठ २० गते महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भमरपुरा गाउँमा ससुराली रहेको सुजिता ठाकुरलाई ससुराली पक्षबाटै हत्या गरिएको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता भएको हो ।
घटना भएको बेला सुजिताको ससुराली पक्षले अर्कै व्यक्तिसँग भागेको हल्ला चलाएकाे थियाे तर त्यसकाे द...