मौन अवधिमा भोट मागेको भन्दै दाहाललाई आयोगले सोध्यो ८ घन्टे स्पष्टीकरण

काठमाडौँ— निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई ८ घण्टे स्पष्टीकरण सोधेको छ। मौन अवधिमा प्रचारप्रसारमा स‌ंलग्न भएको भन्दै आयोगले दाहाललाई स्पष्टीकरण सोधेको हो। दाहालले बिहीबार बिहान दलबलसहित चितवनको माडी पुगेर मतदातासँग मत मागेका थिए। बिहीबार माडी नगरपालिका वडा नम्बर ५ मा रहेको होटेल प्याराडाइज र भरतपुर महानगरपालिकाको चनौली र दिव्यनगरमा उम्मेदवार र कार्यकर्तालाई […]

सम्बन्धित सामग्री

राप्रपा महामन्त्रीले मौन अवधिमा भोट मागे, आयोगले सोध्यो स्पष्टीकरण

११ मंसिर, काठमाडौं । मौन अवधिमा भोट मागेको भन्दै निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का महामन्त्री तथा प्रतिनिधिसभाका समानुपातिकतर्फका उम्मेदवार ध्रुवबहादुर प्रधानसँग स्पष्टीकरण मागेको छ । मौन अवधि शुरु भइसकेको अवस्थामा सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो र पार्टीको निर्वाचन चिह्न राखेर प्रचारप्रसार गरेको भन्दै आयोगले प्रधानसँग स्पष्टीकरण मागेको हो । आयोगले उनलाई …

उपप्रधानमन्त्री थापाले मौन अवधिमा भोट मागे, आयोगले सोध्यो स्पष्टीकरण

८ मंसिर, काठमाडौं । निर्वाचन आयोगले मौन अवधिमा भोट मागेको भन्दै उपप्रधान तथा ऊर्जामन्त्री कमल थापालाई स्पष्टीकरण सोधेको छ । आयोगको आचार संहिता केन्द्रीय अनुगमन समितिले थापालाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो । आइतबार हुने पहिलो चरणको चुनावको मौन अवधि बिहीबार राति १२ः०० बजेदेखि सुरु भइसकेको छ । तर, …