नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू एक्लै भएपनि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रतिनिधि सभामा विश्वासको मत दिने निर्णयमा पुगेको बताएको जानकारी गराएका छन् ।
एमाले विवाद समाधान गर्न गठित कार्यदलका सदस्यहरूसँग आइतवार बिहान भएको भेटवार्तामा नेता नेपालले एक्लै भएपनि मत दिने बताएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
‘१० बुँदे सहमति कार्यान्वयन गर्न निरन्तर प्रयास स्वरूप आज बिहान मात्र हामीहरूले माधव नेपालसँग भेटघाट गरेका थियौं । एउटा बिन्दुमा पुगिसकेको हुन...